जुत्ता फ्याक्ट्रीमा आगो लाग्दा ४५ जना जिउँदै जले (तस्विर सहित)


फिलिपिन्सको राजधानी मनिला नजिकैको अर्ध शहरी इलाकामा एक रवर जुत्ता बनाउने फ्याक्ट्रीमा आगलागी हुँदा कम्तिमा ४५ जनाको जलेर मृत्यु भएको छ ।अहिले पनि कम्तिमा २६ जनाको अवस्था अज्ञात रहेको बताइएको छ । मृतकको संख्या बढ्न सक्ने अनुमान अधिकारीहरुले गरेका छन् ।



अग्नि नियन्त्रकहरुले आगो नियन्त्रणमा लिन निक्कै संघर्ष गर्नु परेको समाचारमा उल्लेख छ ।

आगोमा जलेर मरेकाहरुको शव अझै पनि भग्नावशेषमा रहेको र झिक्न कठिन भैरहेको अधिकारीहरुले बताएका छन् ।

आगोलाग्नुको कारणबारे विवरण सार्वजनिक भएको छैन ।





प्रतिक्रिया दिनुहोस्...