नेपाल शसस्त्र प्रहरिले आफ्नो जिउलाई धारमा राखेर उद्दारमा होमिदै ::
नेपाली सेना र भारतीय सेनाको टोली तैनाथ ३१ वैशाख, गोरखा । वैशाख १२ गतेको विनाशकारी भूकम्पको केन्द्रविन्दू गोरखाको बारपाकमा २० दिनपछि विहीवार सडक सुचारु भएको छ ।
...
बारपाकमा घाइतेलाई उद्धार गर्दै नेपाली सेना । तस्वीर सौजन्य : नेपाली सेना
भूकम्पपछि बारपाक पुग्ने बाटोका ठाउँ ठाउँमा पहिरो झरेर सडक अवरुद्ध भएको थियो । नेपाली सेनाले सडक खुलाएपछि विहीवार पहिलोपटक गाडी पुगेको हो ।
बालुवाबाट बारपाकसम्म १५ किलोमिटर सडक खण्डका धेरै ठाउँमा पहिरो गएको थियो । पहिरो पन्छाएपछि अब भूकम्पले केन्द्र बनाएर ध्वस्त भएको बारपाकमा राहत सामाग्री सडकमार्गबाट जान सम्भव भएको छ ।
नेपाली सेनाका प्रमुख सेनानी प्रेमबहादुर थापाको नेतृत्वमा गाडी लिएरै एउटा टोली बारपाक पुगेको छ । साना ट्याक्टरहरुले सामानहरु ढुवानी पनि थालेका छन् ।
भूकम्पको केन्द्रविन्दु सुन्दर बारपाक बजार भग्नावशेषमा परिणत भइसकेको छ । हिमालय माविको स्कूल भवन सेना र सशस्त्र प्रहरीले बनाउदैछन् ।
केही आरसिसी भवन बाहेक अरु कुनै पनि घर सग्ला छैनन् । सबै पाल टाँगेर चउरमा बसेका छन् । सेनाले स्वास्थ्य शिविर थालेको छ भने भारतीय सेनाको एउटा टोली पनि बारपाकमा छ ।
बारपाकमा भूकम्पको पहिलो धक्कामै ६७ जनाको मृत्यु भएको थियो ।
– रेणु श्रेष्ठ, बारपाक