हेलिकोप्टर भेटिएको हल्ला कसरी फैलियो त ?.पुरा जानकारी को लागि .पढौ


फोटो :फाइल तस्बिर
काठमाडौं : हराएको अमेरिकी विमानको खोजी कार्य जारी रहेका बेला बुधबार अपरान्ह विमान सकुशल भेटियो भन्ने हल्ला चल्यो। दोलखाको सिंगटीस्थित विद्युत प्राधिकरणको सब स्टेशनमा विमान चालक र सबै यात्रु सुरक्षित रहेको हल्लाले एकछिनमै बजार पिट्यो । 
 
हराएको विमानको खोजी गर्न पुगेको अर्को अमेरिकी हेलिकोप्टरलाई सिंगटी नजिकै देखेको आधारमा प्राधिकरणका कर्मचारी र केही स्थानीयले बेपत्ता हेलिकोप्टर भेटिएको हल्ला चलाएका थिए । त्यही हल्लाका आधारमा सब स्टेशनका कर्मचारीले उर्जामन्त्रीका स्वकीय सचिव राजेन्द्र ढकाललाई खबर गरेका थिए ।
 
त्यही आधारमा ढकालले विभिन्न संचारमाध्यमलाई फोन गरेर हराएको विमान सिंगटीमा सुरक्षित रुपमा भेटियो भन्दै समाचार टिपाएका थिए । सबैजसो न्यूज पोर्टलले त्यसलाई प्रमुखताका साथ संप्रेषण गरेका थिए ।  त्यसपछि अर्थमन्त्री रामशरण महतलेसमेत विमान सुरक्षित रुपमा भेटिएको ट्वीट गरेका थिए ।

ढकाललाई उधृत गर्दै अन्नपूर्ण पोष्ट डटकमले पनि  विमान भेटिएको समाचार दिएका थियो।  पछि गलत साबित भएपछि त्यो पोस्ट् हामीले हटाएका छौं। असावधानीवश गलत सूचना संप्रेशषण भएकोमा हामी पनि क्षमा चाहान्छौं ।






प्रतिक्रिया दिनुहोस्...