छोराले खुर्पाले हान्दा बाबुको मृत्यु
पश्चिम चितवनको पटिहानीमा छोराको खुर्पा प्रहारबाट बाबुको मृत्यु भएको छ।
मदिरा पिएर आएका मिनबहादुर भण्डारीले शुक्रबार साँझ ७२ वर्षीय बाबु शमशेरबहादुर भण्डारीलाई खुर्पाले हान्दा उनको मृत्युभएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
खुर्पा प्रहारबाट गम्भीर घाइते भण्डारीको भरतपुर अस्पतालमा उपचारका क्रममा रातिनै मृत्युभएको हो ।
घटनाको कारण भने नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस