भुइँचालो आउँदा सचिवालयमा सभासद् र मन्त्रीको भागाभाग


आइतबार दिउँसो करिब साढे तीन बजे आएको भुइँचालोले संविधानसभा भवनमा रहेका सभासद्हरुबीच भागाभाग भएको छ।
काठमाडौँ, २७ वैशाख - आइतबार दिउँसो करिब साढे तीन बजे आएको भुइँचालोले संविधानसभा भवनमा रहेका सभासद्हरुबीच भागाभाग भएको छ।

भूकम्प पीडितको राहतका लागि सरकारले पेश गरेको संकल्प प्रस्तावमाथि सभासद्हरुले बोलिरहेका बेला भुइँचालोले झट्का दिएपछि सभासद्हरु आत्तिँदै बाहिर निस्केका हुन्। भुइँचालो थेग्ने भनिएको नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा बैठक चलिरहँदा सिंचाईमन्त्री एनपी साउद र करिब २० जना सभासद्हरु आत्तिँदै बाहिर निस्केका थिए।

भुकम्पले धक्का दिइरहँदा सभामुख सुवास नेम्वाङ भने आफ्नै कार्यकक्ष बसिरहेका थिए। भुइँचालो जाँदा बैठकको सञ्चालन सभासद् सुशीला नेपालले गरिरहेकी थिइन्।

भुइँचालोले हल्लार्इरहँदा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, कांग्रेसका महामन्त्री कृष्ण सिटौला, सहमहामन्त्री पूर्णबहादुर खड्का र एमाले उपमहासचिव विष्णु पौडेललसहितका नेताहरु पनि सभामुख नेम्बाङकै कार्यकक्षमा थिए। उनीहरु भाग्ने नभाग्ने अलमल गरिरहँदा भुइँचालोले करिब ५ सेकेन्डसम्म धक्का दिइसकेको थियो।

स्रोत: अन्नपूर्ण पोस्ट





प्रतिक्रिया दिनुहोस्...