भुकम्पपछि बेपत्ता भएका खेलकुद पत्रकार मृत भेटिए
काठमाडौं, बैशाख १९ । गत शनिबार भुकम्प आएदेखि वेपत्ता रहेका पत्रकार सुमन भोम्जन आज मृत फेला परेका छन् ।
हेटौंडा घर भइ गोरखापत्रमा खेलकुद विटमा काम गर्दै आएका भोम्जनलाई काठमाडौंको महाबौद्धस्थित उनकै डेरामा मृत फेला पारिएको हो ।
उनी डेरा गरि बसेको घर भूकम्पले पूर्ण रुपमा भत्किएको
थियो । सोही घरको भग्नावशेषबाट पत्रकार भोम्जनको शव फेला पारिएको हो ।
नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको उद्धार टोलीले भग्नावशेषबाट उनको शव फेला पारेको हो ।
