विर्सन खोज्दा पनि विर्सन नसकिएको चोट बनेको छ वैशाख १२ (फोटो र भिडियो सहित)


विर्सन खोज्दा पनि विर्सन नसकिएको चोट बनेको छ वैशाख १२ (फोटो र भिडियो सहित)
काठमाण्डौ । महिना दिन वितिसक्यो तर मानिसहरुको मानसिकतामा हरेक दृश्यहरु ताजै छन् । नमेटिने गरि लागेको चोटले झै घरघरी धेरेलाई तर्साइरहेको छ सताईरहेको छ । विनाशका धेरै ताण्डवहरुको साक्षी भएकोले होला विर्सन खोज्दा पनि विर्सन नसकिएको चोट बनेको छ वैशाख १२ र त्यसपछिका अन्त्यहीन अत्यासहरु । तर यो त्रासले स्थायीरुप पाए त्यस्ले मानिसमा जटिलता थप्ने मनोविद्हरुको निष्कर्ष छ । 
वैशाखको १२ को महाविनाशकारी भुकम्पको छाप निकै लामो समयसम्म रहने निश्चित छ । धेरैले धेरै गुमाउदाको पीडा भूल्न कठिन पर्छ नै । न रहयो बाँस न रहे प्रिय आफन्तजन नै । जिन्दगीभर जोहो गरेर जुराएको घरबार गुमाउदाको पीडा मात्र नभई परिवारका धेरै सदस्य छिनिएको त्यो अत्यासल समाजलाई अझै पनि अर्धमुर्छित अवस्थामा पु¥याएको छ । यस्तो अवस्थामा सम्हालिन नसक्दा र उचित परामर्श तथा वातावरण नपाउदा कपितय दीर्घरोगी बनेर निस्किएका छन भने कतिपयमा त्यो जटिलताको सम्भावना ज्यूँदै छ । भुकम्पछिको भयावहका विचमा धेरै व्यतिmहरुमा मानसिक त्रास वढेको छ र त्यो त्रास अझ कायम छ । शतिmशाली भुकम्प र त्यसपछिका पटकपटकका पराकम्पनका कारण मानिसहरु आफ्नो नियमित दैनिकिमा फर्कने प्रयासमा छन् । धेरै मानिसहरुमा यो भुकम्पछि मनोवैज्ञानिक डर वढेको छ । नकारात्मक कुराहरु मात्र मनमा धेरै आउने हुनाले एकत्रित हुन नसक्ने , टोलाउने , अनि दीर्घकालमा नैराश्यता भै डिप्रेसनमा पनि जान सक्ने अवस्था सृजना हुन सक्ने मनोविद्हरुको निष्कर्ष छ । धैर्यता अनि मनमाथिको नियन्त्रणबाट नै यस्ता किसिमका समस्याबाट पार पाउन सकिने मनोवैज्ञानिक प्रोफेसर डा.शान्ता निरौला वताउनुहुन्छ ।
सकारात्मक सोचको विकास गर्ने , सकारात्मक कुराहरु मात्र गर्ने , अफवाहका पछाछि नलाग्ने , यस्ता अफवाहहरु आफ्ना वालवच्चालाइ नसुनाउने , एकले अर्काको प्रशंसा गर्ने जस्ता वानिहरुको विकास गरेर आफुभित्रको मनोत्रास कम गर्न सकिने पनि डा निरौलाले वताउनुभयो । उहाँका अनुसार यस्तो किसिमको त्रास वयस्क उमेरका व्यतिmहरु जो सामाजिक सञ्जालको प्रयोग धेरै गर्छन् उनीहरुमा वढी देखिएको छ । वालवालिकाहरु छिटै अन्य कुराहरुमा भुल्न सक्ने भएकाले वालमनोवैज्ञानिक परामर्शबाट वालवालिकाहरुले यो त्रासलाइ भुल्दै गएका छन् । वृद्ववृद्वाहरुमा त्यति धेरै मनोवैज्ञानिक समस्या नदेखिएको पछाडि पाको उमेर अनि अनुभव हुनसक्छ । 





प्रतिक्रिया दिनुहोस्...