मलेसियामा नेपाली म्यानपावर व्यवसायीको अपरहण


मलेसियामा एक नेपाली म्यानपावर व्यवसायी अपरहणमा परेका छन्।

काठमाडौंको त्रिवेणी ओभर्सिजका मलेसिया अपरेटर लोकबहादुर खड्का अपरहणमा परेका हुन्। वैशाख २४ (मे ७ तारिख) गते मलेसियाको राजधानी क्लालाम्पुरबाट अपरहणमा परेको उनकी श्रीमती कमला खड्काले जानकारी दिएकी छन्। कमलाका अनुसार लोकबहादुर अपरहणमा परेको उनीसँगै बस्ने बासुदेव अधिकारीले खबर गरेका थिए। अपहरित लोकबहादुरले वैखाख २६ गते बिहान आफूलाई फोन गरेर अपरहणमा परेको र ५० हजार रिङ्गेट फिरौती मागेको श्रीमती कमलालाई जानकारी गराएका थिए। पछि अपरहणकारीले १३ हजार ५ सय रिङ्गेट दिएमा अपरहण मुक्त गर्ने बताएपछि वैशाख २८ गते हुन्डी मार्फत अलि ओमकार नामको भारतीय नागरिकको नाममा पैसा पठाएको कमलाले जानकारी दिइन्। उनका अनुसार फिरौती रकम बुझाएपनि लोकबहादुर अपरहण मुक्त भएका छैनन्। उनले श्रीमान् मलेसियामा अपरहण परेको कुरा परराष्ट्र् मन्त्रालयलाई समेत जानकारी गराइसकेकी छिन्। मलेसियामा यसअघि पनि धेरै नेपाली व्यवसायी अपरहणमा पर्ने गरेका थिए। अपरहणकारीले फिरौती रकम लिएर छाड्ने गरेका थिए भने लोकबहादुरलाई भने फिरौती रकम लिएर पनि अपरहण मुक्त गरिएको छैन्। अपरहणका घटनामा मलेसियामा बस्ने तामिल जातिका मानिस र केही नेपालीको समेत मिलेमतो हुने गरेको बताइन्छ।




प्रतिक्रिया दिनुहोस्...