घर बनाउन २ प्रतिशत ब्याजमै ऋण


भूकम्पबाट घर ध्वस्त–क्षतिग्रस्त भएकालाई नयाँ निर्माण गर्न २ प्रतिशत ब्याजमै बैंक–वित्तीय संस्थाबाट ऋण दिइने भएको छ । राष्ट्र बैंकको बुधबारको निर्णयअनुसार काठमाडौंभित्र २५ लाख रुपैयाँ र बाहिर १५ लाख रुपैयाँसम्म प्रति ध्वस्त–क्षतिग्रस्त घरलाई यस्तो ऋण दिइने भएको हो । कान्तिपुर दैनिकमा समाचार छ ।

http://img.jagoinvestor.com/ji/best-home-loan-bank-india.jpg‘भूकम्पका कारण घर ध्वस्त–क्षतिग्रस्त हुनेले २ प्रतिशत ब्याजमै ऋण पाउने भएका छन्,’ राष्ट्र बैंकका प्रवक्ता मीनबहादुर श्रेष्ठले भने ।

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीबाट यस्तो ऋण लिन सकिनेछ । यो रकमबाट जग्गा भए काठमाडौंभित्र पक्की एकतले घर ठड्याउन पुग्छ । ऋणको प्रक्रिया केहि दिनभित्रै टुंगो लगाइने भएको छ ।

राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई शून्य प्रतिशत ब्याजदरमा पुनरकर्जा उपलब्ध गराउने भएपछि भूकम्पपीडितलाई यस्तो सहुलियत मिल्ने भएको हो । ‘पहिलोपटक शून्य ब्याजदरमै पुनरकर्जा उपलब्ध गराउन लागेका हौं,’ श्रेष्ठले भने ।





प्रतिक्रिया दिनुहोस्...