नुवाकोटलाई केन्द्र बनाएर आज बिहान दुई पटक पराकम्पन


काठमाडौँ, वैशाख २४ – विनाशकारी भूकम्प गएको १३ दिनपछि आजसम्म पनि पराकम्पन आउने क्रम जारी छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ३ः४१ मा नुवाकोट केन्द्रबिन्दु बनाएर ४.२ रिक्टर स्केल र बिहान ७ः५६ मा ४.० रिक्टर स्केलको अर्को भूकम्प गएको छ । पछिल्लो पराकम्पनका कारण कुनै मानवीय क्षति भने नभएको केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार हालसम्म ४ रिक्टर स्केलमाथिका १४९ वटा पराकम्पन भएको छ । रासस




प्रतिक्रिया दिनुहोस्...