यो हो सबैभन्दा डरलाग्दो जेल, जहाँ थरथर काँप्दथे कैदी ! (फोटोफिचर)


फ्लोरिडा, जेल एउटा यस्तो कैदखाना हो जहाँ कैदीलाई बाहिरी दुनियाँसँग घुलमिल हुनबाट बञ्चित गरिन्छ । अपराध अनुसार कैदीलाई सजायँ दिइने परम्परा आजसम्म पनि चलिआएको छ । आज तपाईंलाई यस्तो जेलको बारेमा जानकारी दिइँदैछ जहाँ जान कैदीहरु थरथर काँप्ने गर्दथे । उक्त जेल कैदीहरुका लागि कुनै यातनाभन्दा कम थिएन ।




डेली मेलका अनुसार अमेरिकाको फिलाडेल्फियास्थित ‘इस्टर्न स्टेट पेनिटेनशियरी’ जेललाई अमेरिकाको सबैभन्दा डरलाग्दो ‘हन्टेड हाउस’ मानिने गरिन्छ । सन् १९७१ मा बन्द भएको यो जेललाई सन् १९९६ मा उक्त जेललाई पुनः म्युजियमको रूपमा खोलियो ।
भनिन्छ जब कुनै कैदीले उनीहरुले भनेको कुरा अटेर गरेमा उनीहरुलाई अझ बढि प्रताडित गरिन्थ्यो । त्यहाँ टर्चर टेक्निकमा ‘वाटर बाथ’ निकै चर्चित थियो । यसमा सुरुमा कैदीलाई पानीमा डुबाइन्थ्यो, त्यसपछि बाहिर झुन्डाएर सुक्नको लागि छोडिन्थ्यो । चिसो मौसममा पनि जबसम्म कैदीहरुको शरिरमा बरफको पत्र जम्दैनथ्यो तब उनीहरुलाई त्यहाँबाट निकालिँदैनथ्यो । यसबाट यातना दिने सिमाको अन्दाज लगाउन सकिन्छ । यसका साथै एउटा ‘मेड चेयर’ पनि हुने गर्दथ्यो जसमा बसेर कैदीहरुको शरिरको अंगलाई निकै क्रुर तरिकाले काटिन्थ्यो ।

यद्यपी, यो म्युजियममा आउने आगन्तुकका अनुसार उनीहरुले झन्डै झन्डै भग्नावशेषको स्थितीमा पुगेको  जेलको ढोकाबाट चिच्याएको आवाज सुन्ने गरेका छन् । कसैले त यहाँ कैदीहरुको छाँयासम्म देखेको ठोकुवा गरेका छन् । सजायँको समयमा निकै पीडा दिएका कैदीहरुको आत्मा यहाँ भट्किने गरेको उनीहरुको ठोकुवा छ । हुन त रिपोर्टका अनुसार सेल ब्लक–१२ डरलाग्दो हाँसो र सुरक्षाकर्मीहरुको छाँयाको लागि निकै चर्चित छ ।




प्रतिक्रिया दिनुहोस्...