मोदी चीनमा हुँदा नक्शामा भारतको भूमी गायवः भारतीय मिडिया
टाइम्स अफ इण्डिया देखि चलेका अखबारले समेत चिनियाँ राष्ट्रिय टेलिभिजन सिसीटिभीले भारतको नक्शामा चीनसँगको विवादित सीमा क्षेत्र अरुणाचल र जम्मु कश्मिर समेत गायव पारेको दावी गरेका छन् । नरेन्द्र मोदीको भ्रमणबारेको रिपोर्टमै चिनियाँ सञ्चार माध्यमले यस्तो गरेको भन्दै भारतीय मिडियामा कोकोहोल मच्चिएको छ । चीन र भारतबीच अरुणाचल प्रदेशमा सीमा विवाद रहिआएको छ भने जम्मु कश्मिरमा भने पाकिस्तान र भारतको विवाद छ ।