ओबामाले भने, ‘नेपालका विपतमा अमेरिकी सहयोग जारी रहन्छ’
बिहीबार प्रधानमन्त्री सुशील कोइरालालाई टेलिफोन सम्पर्क गरी उनले नेपाललाई परेको प्राकृतिक विपत्तिमा आफू र अमेरिकी जनता नेपालीको दुःखमा साथ रहेको बताएका हुन् ।
नेपालले अहिले भीषण विपक्तिको क्षणको सामना गरिरहेको भन्दै यस अवस्थामा अमेरिकाले जस्तोसुकै सहयोग गर्ने बताए ।
टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री कोइरालाले विपत्को घडीमा अमेरिकाले गरेको आथिर्क, भौतिक र मानवीय सहयोगको प्रशंसा गर्दै प्राकृतिक विपत्तिको दुःखद् घडीमा अमेरिका जस्तो विकसित मुलुकले हासिल गरेको ज्ञान, सीप, अनुभव र दक्षता उद्दार, राहत, पुनस्थापना र पुनिर्माणमा उपयोगी हुने बताए ।
प्रधानमन्त्री कोइरालाले दुःखद घडिमा अमेरिकाले दिएको समवेदनाका लागि राष्ट्रपति ओबामा र अमेरिकी जनताप्रति आभार प्रकट गर्दै सहयोगको आग्रह गरे ।
