भूकम्पका कारण मृत्यु हुनेको संख्या आठ हजार नाघ्यो
काठमाडौं, वैशाख २७ - यही वैशाख १२ गते गएको बिनासकारी
भूकम्पमा परी ज्यान गुमाउनेको संख्या आठ हजार २० पुगेको छ । गृह
मन्त्रालयका अनुसार घाइते हुनेको संख्या १७ हजार ८ सय ६६ पुगेको छ ।
सिन्धुपाल्चोक जिल्लामा मात्र तीन हजार १ सय ७ जनाको ज्यान
गएको छ भने काठमाडौंमा एक हजार २ सय २२ को ज्यान गएको छ । भूकम्पका कारण १०
हजार ८ सय ३ सरकारी घर तथा भवन पूर्णरुपमा क्षति भएका छन् । आंशिक रुपमा
१५ हजार ३४ घर तथा भवन क्षति भएका छन् । नागरिकका दुई लाख ९६ हजार ९ सय ३
घर पूर्ण क्षति भएका छन् भने आंशिक दुई लाख ७७ हजार ५० घर क्षति भएका छन् ।

प्रभावित क्षेत्रबाट टेन्ट/त्रिपालको माग अत्यधिक रुपमा
भैरहेको उल्लेख गर्दै अहिलेसम्म मित्रराष्ट्र भारतबाट दुई लाख २९ हजार २ सय
९८ थान तथा अन्य मित्रराष्ट्रहरु चीन, थाइल्याण्ड, पाकिस्तान,
इण्डोनेसिया, जापान, कोरियालगायतका राष्ट्र र स्थानीय विकास, सहरी विकास
मन्त्रालयबाट समेत जम्मा तीन लाख ४० हजार २ सय २१ थान प्राप्त भएको जनाएको छ
।
प्राप्त टेन्ट/त्रिपाल सिन्धुपाल्चोकमा ३८ हजार ७सय २८,
रसुवामा १० हजार ५ सय २४, धादिङमा १४ हजार २ सय १७, काभ्रेमा २८ हजार ४ सय
१०, नुवाकोटमा २० हजार २ सय १०, सिन्धुलीमा २२ हजार ४ सय ४०, ओखलढुङ्गामा
१२ हजार २४, रामेछापमा २६ हजार ९ सय ५६, गोरखामा २९ हजार ९ सय ८७, दोलखामा
३१ हजार ५ सय ५३, मकवानपुरमा १३ हजार ९ सय ९८, काठमाडौंमा ४३ हजार ५ सय ६७,
ललितपुरमा २२ हजार ८ सय ४१, भक्तपुरमा २१ हजार ७१, लमजुङमा चारहजार ५ सय
८४ थान पठाइसकिएको छ ।
ती जिल्लाबाहेक अन्य प्रभावित जिल्लाहरुमा स्थानीयस्तरबाट र
नेपाल रेडक्रस सोसाइटीसमेतबाट प्राप्त टेन्ट÷त्रिपाल पठाइएको विज्ञप्तिमा
जनाइएको छ । पीडितहरु सबैले समानरुपमा राहत प्राप्त गर्न सकुन् भन्ने
लक्षित उद्देश्यका साथ राहत वितरणको कार्य भैरहेको छ । रासस