Business
»
साढे तीन लाखमै सुविधा सम्पन्न दुई बेडरुमको घर
साढे तीन लाखमै सुविधा सम्पन्न दुई बेडरुमको घर
|
|
काठमाडौं
: सरकारले भूकम्पबाट ध्वस्त भएका घर निर्माणको लागि दुई लाख रुपैयाँ दिने
घोषणा गर्यो। यो घोषणापछि धेरैले आलोचना गर्दै भने, दुईलाख दिएर पनि घर
बन्छ ? सामान्य रुपमा हेर्दा दुई लाख सानो रकम हो। यति थोरै पैसाले कहाँ घर
बन्ला ? तर दशकदेखि स्थानीय स्रोत र साधनको प्रयोग गरेर घर बनाइरहेको एउटा
कम्पनीले डेढ लाखमा घर बन्ने दावी गरेको छ।
हिमालयन ब्याम्बो
प्रालि जसले डेढ लाखमै भूकम्प प्रतिरोधी घर बनाउने दावी गरेको छ। बाँसबाट
निर्माण हुने यो घरमा एउटा एउटा बेडरुम र किचेन गरेर दुई कोठा हुनेछ। यसमा
ट्वाइलेट घर बाहिर बनाउनु पर्छ अनि श्रमदान गर्ने हो भने मूल्य अझै सस्तो
हुन्छ। आफ्नो घर निर्माण गर्दा आफैले श्रम गरे लागत घट्छ। मुलुकभित्रै
बाँसका एक हजार घर बनाइसकेको कम्पनीले यस्ता घर ८ रेक्टर स्केलको भूकम्प
प्रतिरोधी हुन्छन्।
‘दुई कोठाको घर डेढ लाखमै निर्माण गर्छौं।
मुलुकभित्रै रहेको बाँसबाट राम्रो घर निर्माण गर्न सकिन्छ,’ कम्पनीका
अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले
भने, ‘घर निर्माणमा विदेशी सामानको प्रयोग नै गर्नुपर्दैन। स्वदेशी वस्तुको
प्रयोग हुने भएकोले सस्तो भएको हो।’
भूकम्पपछि सस्तो, छिटो र
सजिलोसँग घर निर्माण गर्न चासो बढेको छ। छिटो र सस्तो निर्माणका लागि यस्ता
घर उत्तम हुन्छन्। कम्पनीले एक महिना भित्रै घर निर्माण गरेर ग्राहकलाई
हस्तान्तरण गर्ने दावी गरेको छ। १५ दिनमा फाउन्डेसन र १५ दिनमा घर नै
निर्माण सकिने जानकारी पनि कम्पनीले दिएको छ।
‘१५ दिनमा
फाउन्डेसनको काम गर्नुपर्छ। अर्को १५ दिनमा बाँसबाट बनेका कच्चा पदार्थ
ल्याएर जडान गर्छौ,’ उनले भने, ‘भूकम्प पीडितका धेरै घर ध्वस्त भएका छन्।
त्यसका लागि यो घर सबैभन्दा उत्तम छ।’ कम्पनीले दुई बेडरुम, किचेन र
ट्वाइलेटसहितको घर पनि निर्माण गरिरहेको छ। यो घरको मूल्य भने साढे तीन लाख
रुपैयाँ पर्छ।
‘हामी ग्राहकले चाहे अनुसारको घर निर्माण गर्न
सक्छौ। न्यून, मध्यम र उच्च आय भएका ग्राहकको माग अनुसार घर निर्माण गर्न
सक्ने क्षमता छ,’ अध्यक्ष जोशीले भने, ‘तर अहिलेको आवश्यकता भनेको भूकम्प
पीडितको पुनर्स्थापनाको हो। त्यसैले डेढ लाख र साढे तीन लाख रुपैयाँको
घरलाई बढी लक्षित गरेका छौ।’
गैरआवासीय नेपाली संघ(एनआरएनए)ले
बाँसको घरको बारेमा जानकारी लिइसकेको छ। कम्पनीले एक हजार घर निर्माण
गर्नसक्ने जानकारी एनआरएनलाई दिएको छ। कसरी बन्छ घर ? अरु घरजस्तै फाउन्डेस
ढुंगा, सिमेन्ट र इटाबाट तयार गरिन्छ। फाउन्डेसन तयार भएपछि बाँसबाटै विम,
चौकस लगायतका सम्पूर्ण सामाग्री तयार हुन्छ।
कम्पनीले घरको लागि
आवश्यक पर्ने सामग्री हेटौंडामा रहेको आफ्नो उद्योगमा तयार गर्छ। फाउन्डेसन
तयार भएपछि उद्योगबाट सामान ल्याएर प्राविधिकले जोड्ने काम गर्छन्। घरको
छानामा टिन प्रयोग गरिन्छ भने भित्तामा बाँस प्रयोग हुन्छ। बाँसको भित्तामा
सिमेन्टले प्लास्टर गरिन्छ।
३० वर्ष आयु कम्पनीले बाँसबाट
निर्माण भएको घरको आयु ३० वर्षको हुने दावी गरेको छ। ‘यो घरको ग्यारेन्टी
३० वर्षको गरेका छौं। तर यो भन्दा बढी पनि टिक्छ,’ जोशीले भने, ‘ घर
निर्माणलाई दिगो बनाउने हाम्रो प्रयास हो।’
घर बनाउँदा प्रयोग हुने
बाँसको आवश्यक ट्रिटमेन्ट गरिन्छ। कम्पनीका अनुसार ट्रिटमेन्ट गरेपछि
बाँसमा किरा लाग्ने समस्या हुँदैन। यस्तो बाँसमा धुलिया लाग्ने समस्या पनि
हुँदैन।
बाँस आफै इन्सुलेटेड भएकोले बिग्रिने समस्या पनि कम हुन्छ।
यस्तो हुन्छ घर साढे तीन लाखमा दुई वटा कोठा, किचेन र ट्वाइलेट हुन्छ। घर ३
सय ६० स्क्वायर फिटको हुन्छ। कम्पनीले घर निर्माण गर्दा चारवटा एलइडी
वल्व, ट्वाइलेटको प्यान, किचेनमा सिङ्क समेत दिन्छ।
बस्न मिल्ने घर
बनाएर ग्राहकलाई दिने दावी कम्पनीले गरेको छ। ‘हामीले निर्माण गरेको घर
ग्राहकले केही नगरी बस्न मिल्छ। घर निर्माण हुँदानै विद्युतका सबै सामाग्री
जोडिसकेको हुन्छ,’ जोशीले भने, ‘एउटा पूर्ण घर ग्राहकले पाउँछन्।’ कहाँ छन् यस्ता घर ?
कम्पनीले अहिलेसम्म एक हजार घर
बनाइसकेको छ। कम्पनीले व्यक्तिगत, गैरसरकारी संस्था, विद्यालयलगायत लागि
यस्ता घर बनाएको हो। कम्पनीले तीन सय स्क्वायर फिटको मुक्त कमैयाको
क्याम्प, विराटनगरमा पाँच सय ८० स्क्वायर फिटको निजी आवास, मेलम्चीमा रिम्स
नेपालको एक हजार स्क्वायर फिटको घर र एक हजार स्क्वायर फिटको ट्रेनिङ हल,
आठ सय ८० स्क्वायर फिटको भवानी एकीकृत स्कुल, नेपाल उद्योग वाणिज्य
महासंघको सुर्खेतमा ट्रेड स्कुल, लेखनाथ उद्योग वाणिज्य संघको ट्रेनिङ
हललगायत निर्माण गरिसकेको छ। स्रोत -पहिलो पोष्ट |
प्रतिक्रिया दिनुहोस्...