फेरी भुकम्प गयो, आज मात्र सात ओटा धक्का महसुस, स्थानीय थप त्रसित


पहिलो भूकम्प गएको नौ दिन वित्दा पनि त्यसका स साना धक्काहरु जाने क्रम रोकिएका छैन् । आइतबार मात्रै ४ रेक्टरस्केल माथीका ४ ओटा धक्काहरु गएका छन्।
काठमाण्डौ, बैशाख २० - पहिलो भूकम्प गएको नौ दिन वित्दा पनि त्यसका स साना धक्काहरु जाने क्रम रोकिएका छैन् । आइतबार मात्रै ४ रेक्टरस्केल माथीका ४ ओटा धक्काहरु गएका छन् ।

पछिल्लो भूकम्पको धक्का भने नुवाकोटको ओखरपौवालाई केन्द्रबिन्दु बनाएर ५ बजेर २० मिनेटमा ४ दशमलव ९ रेक्टर स्केलको गएको हो ।

यसअघि आइतबार बिहानै तीन पटक भूकम्प गएको थियो । पछिल्लो समय गएको धक्काले भने काठमाण्डौ लगायतका आसपासका जिल्लाका बासिन्दालाई थप त्रसित बनाएको छ । 
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गत सोमबारपछि हिजो शनिबार सबैभन्दा ठूलो गोरखाको बारपाक केन्द्रबिन्दु भएर ५.१ रिक्टर स्केलको भूकम्प गएको थियो ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीले आज साँझ ६ः५८ बजे सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ रिक्टर स्केलको भूकम्प गएको जानकारी दिए ।

आजमात्रै चार रिक्टर स्केल माथिका सातवटा भूकम्पका धक्का महसुस भएका छन् भने गत शनिबार छ वटा भूकम्प गएका थिए ।
 हालसम्म चार रिक्टरमाथिका १३२ वटा भूकम्पका धक्का महसुस भएको छ ।

शनिबार गोरखाको वारपाकलाई केन्द्र बनाएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पले पारेको क्षतिको विवरण अहिलेसम्म पनि आउने क्रम जारी छ ।  हालसम्म सोही भुकम्पबाट ७ हजार २ सय बढीले ज्यान गुमाइसकेका छन् भने १४ हजार बढी घाइते हुनुका साथै लाखौ घरहरु क्षतिग्रस्त भएका छन् ।





प्रतिक्रिया दिनुहोस्...