भोजपुरका युवा मलेसियामा बेपत्ता


फोटो :फाइल फोटो
मलेसिया : वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका भोजपुरका एक युवा एक महिनादेखि बेपत्ता भएका छन् ।

२ लाख १५ हजार नेपाली रुपयाँ घर पठाउन मनी ट्रान्सफर हिँडेका भोजपुरको  वैकुण्ठ-२ शिरिसे का शक्तिराज गेलाल एक महिनादेखि बेपत्ता भएका हुन ।

सेलेङ्गर राज्यको मेरुमा रहेको टप ग्लोब कम्पनीमा कार्यरत उनी मार्च २९ बाट बेपत्ता भएका उनका साथी भोजपुरकै हिरा पराजुलीले बताए ।

उनी वेपत्ता भएदेखि खोजी गरिए पनि अहिलेसम्म सम्पर्कमा आउन सकेका छैनन् । गेलालकी पत्नी कमलाले टेलिफोनमा बेपत्ता पतिको खोजीमा सहयोग गर्न उनले आग्रह गरेकी छन् ।

उनी हराएपछि कम्पनीलेसमेत खोजी गर्दा उनको अवस्था पत्ता लाग्न सकेको छैन । पैसाका लागि उनको अपहरण भएको हुनसक्ने प्रहरीले आशंका गरेको पराजुलीले बताए ।






प्रतिक्रिया दिनुहोस्...