दाहाल टिचिङ अस्पतालमा, घाइतेलाई भने–‘नआत्तिनुस्’


काठमाडौं, वैशाख १८ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेर भूकम्पबाट घाइते भइ उपचार गराइरहेकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

घाइतेलाई भेट्दै उनले ‘नयाँ जीवन पाएकाले नआत्तिन’ घाइतेहरुलाई सान्त्वना दिए ।आफूले घाइतेको उपचार र राहतका लागि सर्वदलीय बैठकमा पनि छलफल गर्ने उनले बताए ।अहिलेको जस्तो भूकम्पले पार्ने क्षति कम गर्न सबै मिलेर काम गर्नुपर्ने दाहालको भनाइ थियो ।




प्रतिक्रिया दिनुहोस्...