दाताले गरेका सबै सहयोग नगद हैनन् : अर्थमन्त्री


काठमाडौं, वैशाख २३ । अर्थमन्त्री डा.रामशरण महतले दाताहरुले घोषणा गरेका सबै सहयोग राशीलाई नगद नसम्झन आग्रह गरेका छन् ।दाताहरुले घोषणा गरेको अर्बौ रकम जिन्सी सामान, उद्धार, चिकित्सा सेवालगायतमा कटाएर नगदमा शून्य हुनसक्ने पनि उनले उल्लेख गरे । बुधबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री महतले तत्कालका लागि वस्तु र सेवा आवश्यक भएपनि अब पुनःनिर्माणका लागि नगद सहयोग मागिने जानकारी दिए ।अहिलेसम्म एडीबी र भुटानले मात्र नगद सहयोग गरेको पनि उनले जानकारी दिए । विस्तृत अध्ययन गरेर स्पष्ट खाका तयार गरी पुनःस्र्थापना र पुनःनिर्माणको काम सुरु गरिने पनि अर्थमन्त्री महतले बताए ।राहत लिएर जाने संस्थाले समन्वय गर्दा सहयोगको उचित सदुपयोग हुने उनको भनाइ थियो । उनले उद्धार कोषको रकम एक प्रतिशत पनि अन्त खर्च नहुने दाबीसमेत गरे ।अर्थमन्त्री महतले एसियाली विकास बैकको बैठकमा नेपालमा गएको विनाशकारी भूकम्पले मुख्य प्राथमिकता पाएको पनि बताए ।अजरबैजानमा भएको बैकको बैठकमा सहभागी भएर आएका अर्थमन्त्री महतले नेपालमा गएको भूकम्पबाट भएको विनाशपछिको पुनःनिर्माणमा दाताहरुले सहयोगको लागि तत्परता देखाएको जानकारी पनि दिए । -




प्रतिक्रिया दिनुहोस्...