रौतहट, वैशाख २२ । ५ जना बालिकालाई करणी र अप्राकृतिक मैथुन गर्ने अभियुक्त भक्तबहादुर राईलाई जिल्ला अदालत रौटहटले ५९ वर्षको जेल सजाय सुनाएको छ ।जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले मंगलबार चन्द्रपुर नगरपालिका–४ का भक्तबहादुर राईलाई ५९ वर्ष जेल सजाय हुने र पीडित बालिकाहरुलई जनही १० हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने फैसला सुनाएको हो ।१० वर्षमुनिका ५ जना बालिकालाई करणी र अप्राकृतिक मैथुन गरेको आरोपमा राई पक्राउ परेका थिए । ४ जना बालिकामाथिको कसुरमा १२ वर्ष र एक बालिकामाथिको कसुरमा ११ वर्ष गरी ५९ वर्षको कैद सजाय हुने फैसला भएको हो ।बालिकाहरुलाई पटक–पटक विभिन्न प्रलोभन र धम्की दिएर करणी गर्दै आएको आरोपमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले गत वर्ष पौषमा राईलाई पक्राउ गरेको थियो ।
बालिका बलात्कार गर्नेलाई ५९ वर्ष जेल