शिर्ष नेताहरुको बैठक:उद्धार र राहतमा एक भएर लाग्ने सहमति
काठमाडौं, बैशाख २० । प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, एमाले र एमाओवादीले दैवि विपत्तिका बेला विवाद नगरी एक भएर उद्धार तथा राहत वितरणमा लाग्ने सहमति गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन पार्टीका शिर्ष नेताहरुको बैठकले राहत वितरणलाई छिटो बनाउन एकद्धार प्रणाली नगर्ने तर एकै स्थानमा नदोहोरिने गरी राहत वितरणको व्यवस्था मिलाउने सहमति गरेको बैठकपछि नेताहरुले जानकारी दिए । बैठकमा बैशाख २४ गते बोलाइएको व्यवस्थापिका संसदको बैठक संचालनका विषयमा पनि छलफल भएको थियो ।

