भग्नावसेसबाट बैंकको दुई करोड ४८ लाख भन्दा बढि रकम फेला
काठमाडौं, वैशाख २१ –
भत्किएको संरचना भित्र ढलान काट्दै अगाडी बढि खोजी तथा उद्धार कार्य गर्ने क्रममा उल्लेखित रकम फेला पारिएको हो । त्यस ठाउँमा सशस्त्र प्रहरी बलको सर्च एण्ड रेस्क्यु टोली सँगै नेपाली सेना तथा नेपाल प्रहरीको टोली समेत संयुक्त रुपमा खोजी कार्यमा खटिएको थिए । त्यसवेला उल्लखित नेपाली रुपैया सँगै अमेरीकी डलर दुई हजार ८ सय ७९ तथा थाइ भाट ७१ समेत फेला पारिएको छ । भत्किएको संरचना भित्र ढलान काट्दै र खोजी गर्दै एपीएफको उक्त टोली भित्र पसेपछि भग्नावसेसको टुक्राहरु बाहिर फाल्न अन्य टोलीहरुले समेत सशस्त्र प्रहरी बलको सर्च एण्ड रेस्क्यु टोलीलाई सघाएको थियो । सो एपीएफ टोलीले भित्र पसेपछि पैसा राख्ने सेफ तथा लकरहरु समेत फेला पारेपछि त्यहाँसम्म जाने सुरक्षीत बाटो बनाई आवश्यक सो बैंकको कर्मचारी तथा अन्य टोलीहरुलाई समेत त्यस ठाउँसम्म पु¥याएको थियो । त्यसपछि उक्त एपीएफ टोलीले सबैको रोहवरमा सजगताका साथ सेफ तथा लकर काटेर उक्त रकम निकालेको थियो । सो रकम बैंक कर्मचारीकै रोहवरमा सबै निकाय मिलेर सुरक्षीत साथ बाहिर ल्याइएको थियो । त्यसवेल सो बैंकका मेनेजर तथा सेक्युरीटी मेनेजर समेत सँगै रहेका थिए


