कसैको नजर नपुगेको स्थानमा रेखा थापावाट राहत वितरण
काठमाडौ । काठमाडौ वरपरका दूरदराजमा महाभूकम्प पीडितहरुको लागि राहत बाँड्नेहरुको नजर काठमाडौ नक्साल स्थित प्रहरी हेडक्वाटर अगाडिको नारायणचौरमा पुगेको पाइएन । नारायणचौरको नव–निर्मित खुल्ला चौरमा आरक्षण लिएर बस्ने म हाभूकम्प पीडितहरुलाई राहत दिनेहरुको नजर नपुगेको अवस्थामा नायिका रेखा थापाको नजर पुगेको छ।
नायिका थापा र निर्देशक हिमग्याप लामाको टोलीले आज साँझ नारायणचौर पुगेर त्यहाँ आश्रित ५६ जनाको लागि खाद्य सामग्री लगायतका राहत वितरण गरेको छ । नक्सालको नन्दी रात्री स्कुल रहेको सार्वजनिक भवनमा बस्नेहरु देखि अन्यत्र स्थानमा महाभूकम्पले आश्रित स्थानहरु भत्काएपछि बेघर भएर टेन्ट तथा पालमूनि नारायणचौरमा आश्रय लिएर बस्नेहरु पाइएको छ ।
मारवाडी सेवा समिति बाहेक अरु कसैले त्यहाँ आएर राहत वितरण नगरेको अवस्थामा नायिका रेखा थापाको टोली आएर राहत वितरण गरेकोमा उनीहरुले नायिका थापाको जय जय गान गाए। त्यहाँ सवैले नायिका थापालाई हिरोइन भन्दा नायिका थापाले म अव हिरोइन होइन, तपाईहरुको छोरी हुँ–म हिरोइन बन्न चाहन्न ! देशको छोरी भएर सवैको सेवा गर्न चाहन्छु भन्दा सवैले गर्व गरेका थिए।
महाभूकम्प आएको दिनदेखि पशुपति आर्यघाटमा महाभूकम्पबाट दिवंगत शवको दाहसंस्कार गर्ने कार्यमा अहोरात्र सहयोग तथा सेवा पुर्याउने कार्य नायिका थापाको टोलीबाट हुंदैआएको छ।
तस्बीर–कविन्द्रमान शाक्य
प्रकाशन मिति–२०७२ साल बैशाख २२ गते मंगलबार ।
तस्बीर–कविन्द्रमान शाक्य
प्रकाशन मिति–२०७२ साल बैशाख २२ गते मंगलबार ।