ममता बेनर्जीले भूकम्प पीडितलार्इ थप ५० हजार पाल दिने


फोटो :केही दिअघि पश्चिम बंगाल सरकारले झापासम्म ल्याइदिएको त्रिपालसहितको ट्रक । तस्बिर: उमाकान्त खनाल
काठमाडौं : भारतको पश्चिम बंगाल सरकारले भूकम्पपीडितको राहतका लागि थप ५० हजार थान पाल नेपाल सरकारलाई दिने भएको छ।

यसअघि मुख्यमन्त्री ममता बेनर्जी आफैं पूर्वीनाका काँकडभिट्टासम्म आई एक लाख थान पाल र  राहत सामग्री सहरी विकासमन्त्री नारायण खड्कालाई हस्तान्तरण गरेकी थिइन्।

कोलकातास्थित नेपाली महावाणिज्यदूत चन्द्र घिमिरेका अनुसार पश्चिम बंगाल सरकारले शुक्रबार ५० हजार थान त्रिपाल, नौ मेट्रिक टन चिउरा, पाँच हजार थान ब्ल्यांकेट र एक मेट्रिक टन बच्चाको खानेकुरा नेपाल सरकारलाई दिने जानकारी गराएको हो।

महावाणिज्यदूत घिमिरेका अनुसार पश्चिम बंगाल सरकारका एक मन्त्री नेपाल-भारत सीमाको रक्सौलसम्म आएर उक्त सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्नेछन्।

'पश्चिम बंगाल सरकारले दुई दिनभित्र यी सामग्री नेपाललाई हस्तान्तरण गर्ने जानकारी दिएको छ', घिमिरेले टेलिफोनमा भने।






प्रतिक्रिया दिनुहोस्...