कम्पनीले फर्कन नदिएपछि मलेसियाका १९ नेपालीले काम छाडे
क्वालालम्पुर । भूकम्पले घर ढल्दा समेत नेपाल जान नदिएपछि मलेसियाको एक कम्पनीका श्रमिकहरुले काम रोकेका छन् । भूकम्पको महाविपत आइपरेको बेला तीन वर्षको करार अवधि सकिएर पनि घर फर्किन नपाएपछि उनीहरुले काम छाडेका हुन् । घर पठाउने कुरा गर्दा आलटाल गर्न थालेपछि कम्पनीमा कार्यरत १९ जना नेपालीहरुले १० दिनदेखि काम रोकेका हुन ।
फेल्डा गोल्वल भेन्चर प्लानटेशन अन्र्तगत लाडाङ फेल्डा केतऊ पाहाङ कोलालिपिसमा रहेको दुई वटा कम्पनीमा कार्यरत नेपालीहरुले काम रोकेका हुन् ।
फेल्डा गोल्वल भेन्चर प्लानटेशन अन्र्तगत लाडाङ फेल्डा केतऊ पाहाङ कोलालिपिसमा रहेको दुई वटा कम्पनीमा कार्यरत नेपालीहरुले काम रोकेका हुन् ।
काम छाडेर वसेकाहरुमा नुवाकोटका ध्रुव घिमिरे, तेह्रथुमका टेकवहादुर गुरुङ, महेन्द्रनगरका तारावहादुर सुनार, ईलामका इन्द्रवहादुर नेपाल, रामेछापका मनोज विक, नेपालगन्जका ओमवहादुर कुँवर, सोलुखुम्वुका गणेश विक, संखुवासभाका दिनेश कार्की, उदयपुरका ललित वहादुर मगर, रोल्पाका लोकेन्द्र वहादुर वुढा, धनकुटाका अर्पण राई,र इलामका टंक दिपाली रहेका छन् । उनीहरु सवै जना सातौमा कार्यरत रहेका थिए । यसैगरी दुईका सात जनाले समेत काम छाडेर वसेका छन् ।
२०१२ जनवरी ८ तारिखका दिन मलेसिया आएका ३९ जना मध्ये कसैको पनि भिषा नलागेको पीडित श्रमिकहरुले जानकारी गराएका छन् । ‘हामीले पटक पटक भिषाको कुरा गरेका थियौ तर सधै तिमिहरुको पासपोर्ट इमि्रगेसनमा छ भन्दै काममा लगाई रह्यो अहिले घर र्फकने वेलामा यस्तो समस्या भएको छ’, कम्पनीमा कार्यरत ईलामका इन्द्रवहादुर नेपालले टेलिफोनमा भने ।
घर जाने कुरा गर्दा केही समय पछाडि पठाईदिने भन्दै आलटाल गरिरहेको उनीहरुले वताए । नेपालमा भुकम्पले घर भत्किएको छ घर जान खोज्दा आलटाल गरेपछि काम छाडेर वसेका छौ । पाचँ वर्षदेखि सोही कम्पनीमा कार्यरत तथा अहिलेका लिडर समेत रहेका नुवाकोटका धुव्र घिमिरेले भने अति नै भएपछि काम छाडेका हौ ।
उनीहरु मध्ये छ जना श्रमिकहरुको घर भुकम्पले कामै नलाग्ने गरी भत्कादिएको छ । घरवाट वारम्वार फोन गरेर आउन भन्छन्, ‘हाम्रो यहाँ यस्तो अवस्थ्ाा छ संखुवासभाका दिनेश कार्की आफ्नो गुनासो पोख्छन् ।’
उनीहरु अधिकांश नेपालमा रहेको केयर हृयूमन रिसोर्सवाट मलेसिया आएका हुन् । ‘करार अवधिभर एक पटक भन्दा वाहेक हाम्रो मेडिकल भएको छैन, हामी कसरी वैधानिक हुन सक्छौ हाम्रो जिम्मा मेनपावरले लिनुपर्छ’, अर्का श्रमिक मनोज विक भन्छन् ।
मलेसियामा रहेको स्थानीय एजेण्टले केही दिन भित्रमा समस्याको समाधान हुने वताएका छन् । एजेण्टको भनाई उद्धृत गर्दै ललित मगरले भने, ‘हामीलाई नेपाल सरकारको जिम्मा लगाउने भनेका छन । यदि हामी वैधानिक छौ भने सरकारको जिम्मा लगाउनु पर्दर्ैन, टिकट काटेर सजिलै नेपाल र्फकन सक्छौ नि ।’
पीडितहरुको सम्वन्धमा नेपाली दूतावासका श्रम सहचारी वुद्धिनाथ भट्टराईसँंग सम्पर्क गर्दा अहिलेसम्म दूतावासमा जानकारी नआएको र जानकारी आएको खण्डमा पीडितहरुलाई न्याय दिलाउन कुनै कसर वाँकी नराख्ने जानकारी दिए ।