शनिबार राति भूकम्पको कडा धक्का महसुस
फोटो :फाइल फोटो
काठमाडौं : काठमाडौं र आसपासका जिल्लामा शनिबार राति भूकम्पको धक्का महसुस भएको छ ।
राति १० बजेर १४ मिनेटमा काठमाडौं उपत्यका र आसपासका जिल्लाका भूकम्पको कडा धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले नुवाकोटलार्इ केन्द्रबिन्दु बनाएर ४.५ म्याग्निच्यूटको भूकम्प गएको जानकारी दिएको छ ।
अमेरिकन भूगर्भ विभागले भने चितवनको भरतपुरलार्इ केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्यूटको भूकम्प गएको जनाएको छ ।
भूकम्पको धक्का महसुस भएपछि मानिसहरु अत्तालिँदै सडकमा र अन्य सुरक्षित स्थानमा निस्केका छन् ।
शनिबार राति नै ८ बजेर ३५ मिनेटमा रसुवा र नुवाकोटलार्इ केन्द्रबिन्दु बनार्इ ४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
शनिबारै बिहान १ बजेर ५२ मिनेटमा धादिङ, नुवाकोट र काठमाडौ केन्द्रबिन्दु बनार्इ ४ म्याग्निच्यूडको भूकम्पको धक्का महुस भएको थियो ।