गुणस्तरहीन भेटिएपछि भारतीय खाद्यान्न नष्ट
म्याद गुज्रेका चाउचाउ, ढुसी परेका परौठा र गन्हाइसकेका थिए पाउरोटी
काठमाडौं,वैशाख २५ – भूकम्पपीडितका लागि भारतबाट आएका राहत सामग्री गुणस्तरहीन भेटिएका छन् । परीक्षणका क्रममा भारतबाट आएका पाउरोटी, परौठा, चाउचाउलगायतका खाद्यवस्तु मिति सकिएको र ढुसी परेको अवस्थामा फेला परेका छन् ।

सरकारले राहत सामग्री अन्तर्राष्ट्रिय विमानस्थल, थापाथलीस्थित खाद्य संस्थानको बागमती अञ्चल कार्यालय र टेकुस्थित नेसनल ट्रेडिङलिमिटेडमा संकलन गरेर केन्द्र खोलेर राखेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ती केन्द्रमा संकलित खाद्यजन्य राहत सामग्रीको प्रारम्भिक परीक्षण गरेपछि मात्रै वितरण गर्ने गरिएको छ ।
विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले परीक्षण गर्ने क्रममा भारतबाट आएका एक हजार प्याकेट वैशाली ब्रान्डको पाउरोटी मिति सकिएको अवस्थामा फेला पारेको बताए । भारतबाट आएकै बनारसमा उत्पादन भएको ल्यापोज ब्रान्डका सिन्थेटिक म्या्गो ड्रिंकको जुसमा जिवाणु भेटिएपछि वितरणमा रोक लगाइएको छ । बिहारको रक्सोलबाट वीरगन्ज हुँदै आएका राहत सामग्रीमा थोला लुगाका पोका पाइएपछि नेपाली अधिकारी असन्तुष्ट भएका छन्, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।