सलमान खान गिरफ्तार, अदालतमा रुवाबासी, आमा बेहोस
एजेन्सी । बलिउड अभिनेता सलमान खान सन् २००२ को ‘हिट एण्ड रन’ को मुद्दामा दोषी ठहर भएपछि गिरफ्तार भएका छन् ।मादक पदार्थ सेवन गरी कार चलाएर सडकमा सुतेका मानिसहरुलाई ठक्कर दिएर हत्या गरेको अभियोगमा खानलाई मुम्बई स्थित एक अदालतले दोषी ठहर गरेको हो ।लामो समयदेखि सर्दै आएको उक्त मुद्दामा बुधबार अदालतले अन्तिम फैसला सुनाउँदै दोषी ठहर गरेको हो । दोषी ठहर भएलगत्तै उनलाई प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको छ ।सलमानलाई कति सजाय हुन्छ भन्ने बारेमा बुधबार फैसला हुने जनाइएको छ । उनलाई कम्तिमा १० वर्षको जेल सजाय हुनसक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।फैसला सुनेपछि सलमानले भने कुनै प्रतिक्रिया दिएनन् । सलमानका वाकिलले पीडित परिवारलाई क्षतिपूर्ति दिने भन्दै विगतका नजिरहरु प्रस्तुत गरेका थिए ।फैसला सुनाएलगत्तै सलमानका परिवारका सदस्यको अदालतमा रुवाबासी भएको थियो । फैसला आएपछि उनकी आमा बेहोश भएको जनाइएको छ ।