भूकम्पले १ लाख २६ हजार गर्भवती प्रभावित
१९ वैशाख, काठमाडौं । एक साताअघि गएको विनाशकारी भूकम्पबाट नेपालमा करिब १ लाख २६ हजार गर्भवती महिला प्रभावित भएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपिए) ले अनुमान गरेको छ । यूएनएफपिएको अनुमान अनुसार झण्डै २० लाख प्रजनन् उमेरका किशोरी तथा महिला भूकम्पबाट प्रभावित भएका छन् ।
भूकम्प जस्ता प्राकृतिक प्रकोपहरुको समयमा महिला र किशोरीहरू सवैभन्दा बढी कमजोर जनसंख्यामा पर्छन् । यस्तो समयमा गर्भधारणसम्वद्ध मृत्यु र महिला हिंसा बढ्ने यूएनएफपिएले जनाएको छ । अधिकांश महिलाले अत्यावश्यक प्रजनन् स्वास्थ्य सेवा पाएका हुँदैनन् भने सुरक्षित सुत्केरी सेवा तथा जीवन रक्षाको हेरचाह सुविधा विना नै बच्चा जन्माएका हुन्छन् ।‘भूकम्पबाट प्रभावित जिल्लाका महिलाका आवश्यकतालाई सम्वोधन गर्न युएनएफपीएले प्रजनन स्वास्थ्य सामग्री-आरएच किट)प्रदान गरिरहेकोछ, जसमा सुरक्षित रूपमा सुत्केरी गराउन आवश्यक सामग्रीछन्’ यूएनएफपिए प्रतिनिधि जुलिआ भलिसी भनिन्-हामीले महिला र प्रजनन् उमेरका किशोरीहरूका लागि अत्यावश्यक सरसफाईका सामग्रीसहितका रक्षा-सामग्री (डिग्निटी किट) पनि उपलब्ध गराइरहेको छ ।’
यूएनएफपिएले आगामी दिनमा पनि महिला र किशोरीका आवश्यकताहरूलाई सम्वोधन गर्दे जानेछ । प्राकृतिक प्रकोपपछि विस्थापितहरूको शिविर लगायतमा लैंगिक हिंसा जसलाई रोकथाम गर्न सरकार र साझेदारहरूसग मिलेर रोक्न काम गरिरहेको यूएनएफपिएले जनाएका छ ।
सोर्स-अनलाईन खबर

