होशियार कोरियामा MERS नामक श्वासप्रश्वाससंबन्धी रोग फैंलिदैं
ऐश्वर्य श्रेष्ठ,सोल-दक्षिण कोरियामा मंगलबार श्वासप्रश्वाससंबन्धी एक किसिमको रोगको पत्ता लागे संगैं त्रास समेत बढेको छ ।
दुईजना कोरियन बिरामीमा श्वासप्रश्वाससंबन्धी रोग एम ईआर एस नामक भाइरस संत्रमित भएको पाईएको छ ।कोरिया रोग नियन्त्रण विभागले हालैंमात्र यो रोगको पुष्टि गरेको हो । एक जना डाक्टरलाई समेत बिरामीको उपचार गर्ने क्रममा सो रोग सरेको छ । एम ईआर एस भाइरस एकजना वृद्धामा पाइएको सो व्यक्तिलाई उपचार गर्ने क्रमा ती डाक्टर र उनको छोरीमा पनि सो रोगको लक्षण पाइएको छ । एम ईआर एस संत्रमित बिरामीको उपचार भैंरहेको छ ।बिरामीमा सो भाइरस लक्षण नेगेटिभ पाइएको छ । श्वासप्रश्वासबाट सर्ने यो रोग जोकोही बिरामीको नजिक आउदा संसर्गबाट सर्छ । सार्र्स जतिको भने खतरा नभएको डाक्टरहरु बताउंछन् ।ती बिरामी पुर्वी एसियाको भ्रमण गरेर गत अप्रिलमा कोरिया फर्किएको थिए । सोल नेशनल अस्पतालका डाक्टर ओ म्योंगदोन भन्छन् ,” यो रोग ३ बर्षअघि देखा परेको थियो ।सिधा सम्पर्कबाट मात्र यो रोग सर्ने भएकोले एम ईआर एस संत्रमित बिरामीबाट टाढैं रहनु वेश हुन्छ ।” यो रोगको लक्षण भने उच्च ज्वरो आउने मांशपेशी दुख्ने र वाकवाकी लाग्ने गर्दछ ।त्यसैगरी खोकी लाग्ने,श्वास फेर्न गाह्रो हुने गर्दछ । मिडल इस्ट रेसपिरेटरी सिन्ड्रोम नाम दिएको यो रोग मानिसमा श्वासप्रश्वाससंबन्धी नयां रोग हो ।यो रोग पहिलो पटक सन २०१२ मा साउदी अरबमा भेटिएको थियो ।त्यसपछि यो रोग विश्वभर महामारीको रुपमा फैंलिरहेको छ ।समयमा उपचार नगरे यो रोगबाट संत्रमित बिरामीको मृत्यु हुने डाक्टरहरु बताउंछन् ।