अर्थमन्त्रीका पिए रमेश महतले राजीनामा दिए


फोटो :फाइल तस्‍बिर
काठमाडौं  : राहतको जस्तापाता बेच्न लागेको आरोप लागेका अर्थमन्त्री डा. रामशरण महतका स्वकीय सचिव रमेश महतले राजीनामा दिएका छन्।
 
भूकम्प पीडितका लागि नुवाकोटमा लगिएको जस्तापाता बेच्न लागेको भन्दै स्थानीयले विरोध गरेपछि महत विवादमा तानिएका थिए। महतले निराधार आरोप लगाएर आफू र मन्त्रीलाई समेत बद्‍नाम गर्ने प्रयास भइरहेकोले छानबिनमा सहयोग पुर्‍याउन राजीनामा दिएको बताएका छन्।

राजधानीमा सोमबार पत्रकार सम्मेलन गरी महतले राजीनामा दिएको जानकारी गराएका हुन् । उनले आफूमाथि लागेको आरोपमाथि निश्षक्ष छानबिन गर्न पार्टी र सरोकारवाला निकायसमक्ष आग्रह पनि गरेका छन्। 
 
जस्तापाता विवादका सम्बन्धमा आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा रमेश महत पक्षका कार्यकर्ताले प्रश्न सोध्ने दुईजनालाई कुटपिट गरेका थिए। महतका कार्यकर्ताले कुटपिट गरेपछि मन्त्री महतसमेत विवादमा तानिएका थिए र उनको आलोचना भएको थियो 
 
स्थानीयवासीले महत पक्षबाट भएको आक्रमणको विरोध गर्दै  दोषीमाथि कारवाहीको माग गर्दै त्रिशूली–छहरे–काठमाडौ सडक बन्द गरेका छन् । महतले जस्तापाता बिक्रीका लागि काठमाडौ लैजान लागेको आरोप लगाउदै स्थानीयले जस्तासहितको ट्रक नियन्त्रणमा लिएर राखेका छन्।
 
भूकम्प पीडित विद्यालयलाई वितरण गर्न लगिएको जस्तापाता बिक्री गर्न खोजिएका आरोप लगाउंर्दै स्थानीय वासिन्दाले नियन्त्रणमा लिएका थिए। 






प्रतिक्रिया दिनुहोस्...