नेपाली चेलीको अपमान गरेको भन्दै सिके राउतलाई कारबाहीको माग


फोटो : अन्नपूर्ण
काठमाडौं: डा. सिके राउतले नेपाल र नेपाली चेली विरुद्ध दिएको अभिव्यक्ति प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै राष्ट्रिय सरोकार मञ्च सहितको २९ सस्थाले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । 
 
राउतले राष्ट्रियता, अखण्डता, सम्प्रभुता तथा साप्रदायिक सद्भाव जस्ता संवेदनशील विषयमा खलल पुग्ने अभिव्यक्ति दिएको र राज्यले बारम्बार पक्राउ गर्ने र तत्कालै छाड्ने गरेको कामप्रति आपत्ती जनाउदै  ती सस्थाका प्रतिनिधीद्धारा हस्ताक्षरित विज्ञप्तीमा हदै सम्मको कानुनी कारबाहीको माग सहित सोमबार ज्ञापन पत्र बुझाइएको छ ।  

 
 
नेपालको अन्तरिम संविधान २०६३ को धारा १२ को उपधारा ३ मा विचार अभिव्यक्तिको स्वतन्त्रता हरेक नागरिकलाई दिएको छ तर सोही धाराको देहाय ३ को प्रतिबन्धात्मक ब्यवस्थामा रहेको सार्वभौमसत्ता तथा अखण्डतामा आँच आउने र खलल पार्ने कुरामा प्रतिबन्ध लगाउन सक्ने व्यवस्था भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 
 
'सिके राउत चाहिदैन, देश टुक्राउन पाइदैन' लेखिएको प्लेकार्ड सहित उनिहरु प्रमुख जिल्ला अधिकारीको कार्यालयमा पुगेका थिए । केहि दिन अघि राउतले सामाजिक सञ्जालमा नेपाली चेलीको विषयमा अभद्र अभिव्यक्ति दिएका थिए । 





प्रतिक्रिया दिनुहोस्...