दीपिकाले माफी मागिन् अमिताभसँग


मुम्बई । अमिताभ बच्चनलाई पार्टीमा नवोलाएको विषयमा अभिनेत्री दीपिका पादुकोणको आलोचना भएपछि दीपिकाले अभिताभसँग एसएमएस गरेर माफी मागेकी छिन् ।
‘म वाट गल्ती भएको महसुस् भयो र मैले अमिताभलाई एसएमएस गरेर माफी मागीसकें । तर, फोनमै कुरा गरेर सरी भन्ने हिम्मत आईरहेको छैन ।’ उनले भनिन् ।
deepikaकार्यक्रममा अमिताभलाई निम्ता गर्न बिर्सिएको स्वीकार्दै उनले भनिन्- ‘कहीलेकाँही मानवीय त्रुटी हुन्छ ।’
केही दिनअघि मात्रै दीपिकाले हिन्दी फिल्म ‘पिकु’ को सफलतामा एक सान्दार पार्टी आयोजना गरेकी थिईन् । पार्टीमा फिल्म उद्योगका लगभग सबै कलाकार सहभागी थिए । तर, अमिताभ आएनन् ।
संवादादाताले अमिताभको खोजी गरेपछि उनले आफुलाई निम्ता नआएको जानकारी दिए । दीपिकाले पार्टीमा रणबीर कपुर र कटि्रना कैफलाई पनि निम्ता गरेकी थिईन् । उनिहरु दुबै कार्यक्रममा सहभागी भएनन् ।






प्रतिक्रिया दिनुहोस्...