भारतीय लडाकु विमान दुर्घटनामा


फोटो :दुर्घटनामा परेको लडकु जहाज
भारत : भारतीय बायुसेनाको एउटा लडाकु जहाज मंगलबार दुर्घटनामा परेको छ ।जगुआर ट्रेनर नामकको जहाज म‌ंगलबार अलाहावादबाट १३ किलोमिटर दक्षिण पूर्वमा दुर्घटना भएको र विमानका चालक सकुशल रहेको एजेन्सीले जनाएका छन् । 
भारतीय रक्षा मन्त्रालयले पनि दुर्घटनाको पुष्टि गरेको छ। प्रशिक्षण उडानमा रहेको उक्त विमान दुर्घटनामा पर्ने क्रममा पाइलट सुरक्षित रुपमा बाहिर निस्कन सफल भएका थिए ।यसअघि मार्चमा पनि हरियाणाकको कुरुक्षेत्र नजिकै पनि भारतीय बायुसेनाको एउटा लडाकु जहाज दुर्घटनामा परेको थियो।

 





प्रतिक्रिया दिनुहोस्...