नायिका रेखा थापा प्रकाशसँग सल्किएको बजारमा हल्ला


 काठमाडौं, ३२ जेठ – विवादबाट टाढा रहनै नसक्ने चर्चित नायीका रेखा थापा र प्रचण्डका तीनचोटी विबाह गरेका पुत्र प्रकाश दाहाल बिचको बढ्दो हिमचिमले बजार तातेको छ । केही समय अघि मात्र एमाओवादी प्रवेश गरेकी नायीका रेखा अब फिल्मी करियर अगाडी बढाउन नसक्ने सोचमा पुगेको बताइन्छ । अब नायीका भएर धेरै टिक्ने नसक्ने भएकाले राजनीतिमा करियर बनाउन चाहेको बुझिएको छ । 
चलचित्र खेल्न सजिलो होला भनेर पहिले निर्माता छवि ओझासँग विबाह गरेकी रेखाबाट राजनीतिमा केहि गर्न पनि ‘सम्बन्ध’ कायम गर्दै हिडेको बताइन्छ । पार्टी प्रवेश गरेपछी उनले प्रकाशसँग निकै हिमचिम बढाएको स्रोतले दाबी गरेको छ । प्रचण्डसँग निकै राम्रो सम्बन्ध भएपनि प्रचण्ड जुनसुकै बेला उपलब्ध नहुने भएकाले पार्टीका बलियो बन्न पनि रेखालाई प्रकाशको साथ चाहिएको विश्लेषण गरिएको छ । रेखा र प्रकाशको चिनजान भने पुरानै हो तर प्रकाश बिना लिएर भागेपछि टुटेको सम्बन्ध अहिले जोडिएको हो । स्रोत भन्छ, ‘यति खेर रेखा थापा नै प्रकाशसँग नजिकिन खोजेकी हुन् ।’ 
मिडियाबाट चर्को आलोचना र हण्डर खाएका प्रकाश फेरि चौथो भुल गर्ने पक्षमा नभएको उनी नजिककाले बताएका छन् तर उनको नानी देखिको बानी र उपयोगितावादी अब्बल खेलाडी रेखा थापाको सम्वन्ध शंकाको घेरामा परिसकेको एमाओवादी पार्टीका केही नेता कार्यकर्ताहरूले दाबी गरिसकेका छन् । रेखा थापाले चलचित्रमा शुरूवाती दिनमा समेत थुप्रै पुरूषहरू प्रयोग गरेको आरोप लाग्ने गरेको छ । निर्माता छवि ओझादेखि विराज भट्ट, आर्यन सिग्देल लगायतकासँग पनि उनको निकै हिमचिम थियो तर रेखाकै कारण ती सम्बन्धहरू लामो टिक्न नसकेको सुनिएको हो । 

छवि ओझालाई छोडे यता नायीका रेखा योग्य केटाको खोजीमा समेत रहेकी छिन् । त्यसो उनले प्रकाशलाई राजनैतिक फाइदाका लागी मात्रै प्रयोग गर्ने लागेको बताउनेहरूको संख्या पनि कम छैन् तर उनले पुरुषलाई प्रयोग गर्ने तरिकाबारे भने दुनियाँ जानकार छ । एजेन्सी  





प्रतिक्रिया दिनुहोस्...