पिठ्युमा लिंगको ट्याटु खोपाएको महिला


एजेन्सी । बेलायतकी एक महिलाले आफ्नो पिठ्युमा लिंगको ट्याटु खोपाएको सुलासा भएको छ । कुमछेउमा होली अस्टन नामकी महिलाले यस्तो ट्याटु खोपाएकी हुन् ।उनले पार्टीमा अध्याधिक मदिरा सेवन गरेको सुरमा उनले ट्याटु खोपाएको एक साप्ताहिक पत्रिकाले लेखेको छ । १७ वर्षको उमेरमा लिंगको ट्याटु खोपेपछि क्याम्पसमा खुल्ला कपडा लगाउन आफूलाई गाह्रो भएको उनको भनाई छ ।

रक्सीले मातेर उनले आफ्नो पिठ्युमा जे मन लाग्छ त्यसैको ट्याटु खोप्न अनुमति दिएपछि उसले लिंगको ट्याटु खोपिदिएका थिए । स्वीमिङ गर्न जाँदा उनले ट्याटुमाथि प्लोस्टर टास्ने गरेको बताउँछिन् ।अनौठो ट्याटु भएकी महिलाको रुपमा एक टेलिभिजनले कार्यक्रम प्रसारण गरेपछि त्यसैको सहारामा उनी ट्याटु मेटाउने अभिनयानमा छिन् । उनको खर्च पनि सोही टेलिभिजनले बेहोर्ने प्रतिबद्धता जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्...