गुगलले खिच्यो भुतघरको भुत



गुगलले सडकमा राखेका क्यामेराले खिचेको तस्विरले गर्दा निक्कै अप्ठेरो पर्यो यो घरको धनीलाई। घरको वास्तविक मूल्य भन्दा पनि कममा बेच्न राख्दा पनि घर किन्न कोही आएनन्। १८८० मा बनेको यो घरलाइ सन् २०१० देखि बेच्न राखिएको भए पनि अहिलेसम्म कोही आएका छैनन् घर किन्न।गुगलको सडकमा राखेको क्यामेराले खिचेका यी तस्बिरमा घरको झ्यालमा हातका शंकास्पद तस्बिरहरु देखिन्छ। यो घरको पहिलेका घरबेटीले पनि शंकास्पद तरिकारले घर किनेपछि घर छोडेका थिए।पाँच बेडरुम सहितको यो घर १०५,००० डलरमा बेच्न राखिएको छ। न्युयोर्कमा अवस्थित यो घरमा भुत छ भन्ने हल्लाले यो घर बिकेको छैन। त्यसैमाथी गुगलले खिचेका यी तस्बिरको कारणले जो कोही यो घर किन्ने आँट गर्न सकेका छैनन।





प्रतिक्रिया दिनुहोस्...