नेपालमा अझैं ८ रेक्टर स्केल माथिको भुकम्प जानसक्ने बेलायती भुगर्वविद्को चिन्ता ……. सजग रहनुहोला


नेपालमा अझैं ८ रेक्टर स्केल माथिको भुकम्प जानसक्ने बेलायती भुगर्वविद्को चिन्ता ……. सजग रहनुहोला
बैशाख १२ को महाभुकम्प र बैशाख २९ को शक्तिशाली भुकम्पपछि पोखरादेखि पूर्व केन्द्रबिन्दु बनाएर ठूला भुकम्प जाने सम्भावना कम भएपनि पोखरादेखि पश्चिम केन्द्र बिन्दु बनाएर भुकम्प जाने सम्भावनाप्रति भुगर्वविदहरुले चासो व्यक्त गरेका छन् ।
Dhunche-while-recent-Earthquake
बेलायती भुगर्वविद् डाक्टर जोन एलियटले बीबीसीसँग कुराकानी गर्दै नेपालको पश्चिमी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर १५ औं शताब्दीदेखि भुकम्प नगएकाले पोखरादेखि पश्चिमलाई केन्द्र बिन्दु बनाएर ८ रेक्टर स्केल भन्दा माथिको भुकम्प जानसक्ने चिन्ता व्यक्त गरेका छन् । यसैबीच बीबीसीसँग कुरा गर्दै अमेरिकी भुगर्विय सर्वेक्षणका डाक्टर सुसान हगले नेपालमा गएका दुईवटा ठूला भुकम्पपपछि मध्य नेपालको जमिन डेढ मिटर माथि उठेको जानकारी दिएकी छन् । स्रोत – खसोखास डट कम




प्रतिक्रिया दिनुहोस्...