यी हुन् काठमाडौंमा साँझ–साँझ ल्यापटप, मोबाइल चोर्ने (भिडियो)


काठमाडौं, जेष्ठ २२ । भूकम्पपछि काठमाडौका विभिन्न ठाउँमा चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा दिलबहादुर विक र शिव परियार छन् । उनीरुलाई शुक्रबार महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । उनीहरुले साँझको समयमा ल्यापटप, मोबाइल र क्यामरालगायतका इलोक्ट्रोनिक सामानहरु चोरी गरेको प्रहरीले जनाएको छ । यसअघि पनि चोरीको आरोपमा पक्राउ परेका दिलबहादुर १ वर्ष कैद सजाय भुक्तान गरी रिहा भएका थिए ।




प्रतिक्रिया दिनुहोस्...