चीनको याङ्सी नदीमा ४ सय ५० यात्रु बोकेको पानीजहाज दुर्घटना


काठमाडौं, जेष्ठ १९ । चीनको याङ्सी नदीमा ४ सय ५० भन्दा बढी यात्रु बोकेको पानीजहाज दुर्घटना भएको छ ।

चीनको पूर्वी सहर नान्जिङबाट दक्षिण पश्चिम सहर चोंगशिंग गइरहेको पानीजहाज हबेइ प्रान्तस्थित याङ्सी नदीमा डुबेको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

हालसम्म ८ जनालाई जीवितै उद्धार गरिएको र बाँकीको उद्धारकार्य जारी रहेको जनाइएको छ । तीव्रगतिकोसमुद्रीआँधी र भारी वर्षाका कारण जहाज दुर्घटना भएको अनुमान गरिएको छ । 

पानी जहाजमा ४ सय १० जना यात्रु र ४७ जना चालक दलका सदस्य रहेको बताइएको छ । सोही नदीमा गत जनवरीमा भएको पानीजहाज दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो । (एजेन्सी) 





प्रतिक्रिया दिनुहोस्...