रोनाल्डोकी आमा ५५ हजार युरो सहित विमानस्थलमा समातिइन्
, जेठ २६। स्पेनिस क्लब रियल मड्रिडका स्टाइकर क्रिष्टियानो रोनाल्डोकी आमालाई स्पेनका सिभिल गार्डले विमानस्थलमा रोकेका छन् । आफ्नो झोलामा ५५ हजार युरो राखेर स्पेनको मड्रिडबाट घर पोर्चुगल जानका लागेकी रोनाल्डोकी आमा ६१ वर्षकी डोलोरेस आभेरोलाई मड्रिड विमानस्थलमा स्पेनका सिभिल गार्डले रोकेका हुन् ।
पोर्चुगल जाने तयारीमा रहेकी आभेरोको झोला चेकजाँच गर्दा ५५ हजार युरो भेटिएकाले उनलाई रोकिएको सिभिल गार्डकी प्रवक्ताले बताएकी छन् । कुनै पनि यात्रुले एकपटकमा स्पेनबाट अधिकतम १० हजार युरोमात्रै स्वीकृती नलिइकन लैजान पाउँछन् ।
रोनाल्डाकी आमा आभेरोले नियमले तोकेको भन्दा ४५ हजार युरो बढी स्वीकृती नलिइ लैजान लागेकाले उनलाई रोकिएको सिभिल गार्डकी प्रवक्ताले बताएकी छन् । विश्वकै सबैभन्दा बढी मुल्य तिरिएका पोर्चुगिज रोनाल्डाकी आमासँग यतीको रकम हुनु सामान्य भएपनि उनले नियमको उल्लंघन गरेकाले रोकिएको विमानस्थलका अधिकारीले बताएका छन् ।
यो घटना सोमबार भएको समाचार संस्था एएफपीले जनाएको छ । अमेरिकन पत्रिका फोब्र्सका अनुसार रोनाल्डोले सन् २०१४ मा ५२ मिलियन अमेरिकी डलर कमाइ गरेका थिए ।
– एजेन्सीको सहयोगमा
– एजेन्सीको सहयोगमा