इण्डोनेशियामा ज्वालामखी फुट्दा हजारौं मानिसको भागाभाग


काठमाडौं, आषाढ १ । इण्डोनेशियाको सिनाबुङ पहाडमा ज्वालामुखी फुट्दा हजारौं मानिसको भागाभाग भएको छ ।
तीब्र गतिमा आगोको लप्का, चट्टानका टुक्रा र खरानी उड्न थालेपछि पहाड नजिकका वस्तीमा रहेका हजारौं मानिस ज्यान जोगाउन सुरक्षित स्थानतर्फ लागेका हुन् ।
सुमात्रा द्वीपमा रहेको उक्त पहाडमापाँच वर्ष अगाडि सन् २०१० मा पनि ज्वालामुखी फुटेको थियो ।
तर जुन २ यता भने निकै तीब्र रुपमा ज्वालामुखी बाहिर आएको बताइएको छ । त्यसअघि त्यहाँ चार सय वर्षअगाडी पनि ज्वालामखी फुटेको थियो ।
तीन हजारभन्दा बढी मानिस आफ्नो थातथलो छाडेर अन्यत्र लागेका छन् । आउँदा सातामा ज्वालामुखीले अझै डरलाग्दो रुप लिनसक्नेमा वैज्ञानिकहरु चिन्तित देखिएका छन् । –एजेन्सी






प्रतिक्रिया दिनुहोस्...