आफ्नै आमालाई खेतमा लगेर बलात्कार गर्ने छोरा पक्राउ


एजेन्सी, ३२ जेठ । भारतको अहमदाबादमा ६० वर्षीया आफ्नी आमालाई खेतमा लगेर बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ ।Capture अहमदाबादका २९ वर्षीय शकुन सिंह परिहारलाई आफ्नी ६० वर्षीया आमालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ । उसले उक्त आरोप पनि स्वीकारी सकेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उक्त घट्ना १३ जुनको मध्यरातमा भएको थियो । पीडित महिला युपीको कानपुरमा दुई दिन पहिले आफ्नो छोरीको घरमा आएकी थिइन । पीडित महिलाको बलात्कार आरोपी छोरा पनि अहमदाबादको औद्योगिक क्षेत्रमा बस्ने गरेको थियो ।ऊ बहिनीको घरमा गएर आमालाई आफ्नो घर जाउँ भन्दै लिएर हिड्यो । तर, आफ्नो घर लैजाने क्रममा बाटो छेउको खेतमा लगेर शकुनले आमालाई बलात्कार गरेको भारतीय प्रहरीको भनाइ छ । बलात्कार पछि आमालाई खेतमै छोडेर भागेको शकुनलाई उसको साथीको घरबाट आइतबार पक्राउ गरिएको छ । यता पीडित महिलाको भने अहमदाबादस्थित सिविल अस्पतालमा उपचार भइरहेको छ ।





प्रतिक्रिया दिनुहोस्...