चर्चित गायकले गरे घरमै झुण्डिएर आत्महत्या


चर्चित पञ्जाबी गीतका गायक धर्मप्रीतले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् । भारतीय सञ्चारमाध्यमले उल्लेख गरे अनुसार धर्मप्रीत मध्यरातको गायन कार्यक्रम सकेर घर फर्किदै थिए । उनी धेरैदिन देखि मानसिक तनावमा थिए ।

त्यही बेला उनले संसार त्याग्ने निर्णय गरेका हुन् । घटनापछि प्रहरीले अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको छ । उनले कयौं फिल्ममा समेत आफ्नो स्वर दिएका छन् । केही समयअघि नेपालमा म्युजिक भिडियो निर्देशक आलोक नेम्वाङले सुसाइड नोट लेखेर आत्महत्या गरेका थिए । आजभोली अधिकांश कलाकार जीवनसँग हार खाएर मृत्यु रोज्ने गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्...