‘आइएसद्धारा १० जना तालिबानीको शीर छेदन गरी हत्या’


काठमाडौं, जेष्ठ २२ । इस्लामिक आतंकवादी समूह ‘आइएस’ले अफगानिस्तानका १० जना तालिबानीहरुको शीर छेदन गरी हत्या गरेका छन् ।

अफगानिस्तानको ‘खुफिया’ विभागका एक अधिकारीका अनुसार देशको पूर्वी क्षेत्रमा तालिबानी र आइएस कार्यकर्ताबीचको भीषण संघर्षका क्रममा तालिबानीको क्रूरतापूर्वक हत्या भएको हो ।

यता, अफगानी तालिबानलेभने यस समाचारको खन्डन गर्दै आफ्नो कार्यकर्ता आइएसको भिडन्तमा मारिएको जिकिर गरेको छ ।

यसै महिनाको जनवरीमा आइएसले अफगानी तालिबानका पूर्वप्रवक्ता हाफिज सइद खानलाई अफगानिस्तान र पाकिस्तानका लागि कमान्डर नियुक्त गरेको थियो ।

पछिल्लो समय आइएस लडाकू र तालिबान लडाकूबीच भीषण संघर्ष हुँदै आएको छ । (एजेन्सी)





प्रतिक्रिया दिनुहोस्...