लोग्नेले नै डाक्टर श्रीमतीलाई भने-‘कुनै राम्रो केटा खोजीदिन्छु, विहे गरिहाल’
काठमाडौं । सँगै जिउँने कसम खाएर युवा युवती विवाह बन्धनमा बाधिन्छ । त्यसै अनुसार जीवनभर साथ साथ बस्छन् । तर, यहाँ एक पुरुषले आफ्नै श्रीमतीलाई परपुरुषसँग विवाह गर्न दबाब दिएका छन् । लोग्नेले अरुसँग विवाह गर्न दबाब दिएपछि पीडित महिलाले प्रहरीमा उजुरी हालेकी छिन् । इण्दौरमा एक विवाहिताले आफ्ना पति र ससुराल पक्षविरुद्ध दाइजो नल्याएपछि दुव्र्यवहार गरेको भन्दै उजुरी हालेकी छिन् । प्रीति नामकी महिला एक होम्योपैथी डाक्टर हुन् । पढाईको बेला उनको चिनजान होस्टलमा बस्दै आएकी साथीको भाई प्रकाशसँग भयो । समय नबित्दै त्यो चिनजान मायाप्रेममा परिणत भयो । त्यसपछि दुबैले जुलाई २०१४ मा मन्दिरमा विवाह पनि गरे तर अहिलेसम्म विवाहको कयौ समयपछि पनि प्रकाशले यो कुरा आफ्नो घरपरिवारसँग लुकाएर राखेका थिए । dr-wife-husband-1 जब विहे गरेको कुरा बाहिर आयो तब प्रकाश र उसका परिवारले प्रीतिलाई स्वीकार गर्न १५ लाखको दाइजो मागे । तर, प्रीतिले पैसा दिन नमानेपछि पति र सासु ससुरा मिलेर उनलाई निर्घात कुटपिट गरे। । प्रीति अब न्यायका लागि दिनदिनै कुटाई खाइरहेकी छिन् । प्रकाशले प्रीतिलाई यतिसम्म भने की यदि तिमी १५ लाख रुपैयाँ दिन सक्तैनौं भने, मेरो परिवारले तिमीलाई कहिलै पनि स्वीकार गर्नेछैन् । त्यसपछि प्रीतिले भनिन्-‘अब मेले के गर्ने ?’ dr-wife-husband-2 यो प्रश्नपछि प्रकाशले भने-‘तिमीलाई म केही पैसा दिन्छु र तिम्रो लागि राम्रो केटा पनि खोजीदिन्छु, उससँग तिम्रो विहे गरिदिन्छु ।’ आफ्नै लोग्नेको यस्तो जवाफपछि प्रीतिले प्रहरीमा पति र ससुरालीविरुद्ध उजुरी हालेकी छिन् । पैसाका लागि प्रकाश र उसका परिवारका अन्य सदस्यहरुले पनि दिनदिनै कुटपिट गर्ने गरेको उनले बताईन् । प्रहरीले आरोपी पति र उसका परिवारविरुद्ध उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । एजेन्सी