डा. सीके राउतको जवाफ नेपाली चेलीलाई (हस्तलिखित पत्र)


तिमीले लेखेको पत्र हेरें, फेसबुक स्टाटसहरु पनि पढेँ । आफ्नै प्यारी बैनीले लेखेपछि त पढ्न करै लाग्छ । जेलबाट निस्केपछि सिमरौनगढमा तिमीलाई पहिलो पटक देख्दा आत्मविश्वासी आभापूर्ण तिम्रो आँखाहरु, सौम्य सौन्दर्यले स्मित सकलेन्दु सरी तिम्रो मुहार र कुहिनोसम्मै पट्याइएको शर्टको स्लीभले जति मेरो मन प्रफुल्ल भएको थियो । शायद आज पनि म उत्तिकै खुशी छु । आज त झन् सम्मान बढेको छ तिमी प्रति । क्षणिक थियो हाम्रो भेट । निमिषभरि, तर छ अविस्मरणीय।
बैनी, विवादित भनिएका ती शब्दहरू कुन अपरेशन अन्तर्गत, हामीले कसरी र किन लेख्यौं, त्यतातिर म जान्न, बरु त्यसको पूर्ण जिम्मेवारी म लिन्छु। लिनै पर्छ मैले। त्यस्तै, आत्मकथाको अंग्रेजी संस्करणमा न रहेका कथित आपत्तिजनक लाइनहरू नेपाली अनुवादमा कसरी र किन आए, त्यता पनि म जान्न। तिमीलाई लाग्यो होला, सामन्तको शब्द दासले कसरी खोस्यो ?
म, एउटा सीमान्त। र सीमान्त यति लुटिएको हुन्छ कि ऊसँग शब्द पनि हुँदैन, हुन्छ केवल चित्कार। हो, म त्यही सीमान्तको चित्कार हुँ। चित्कारमा आडम्बर हुँदैन। आडम्बर त इलिटु को हुन्छ, सीमान्तको हैन। गोप्य डीलु गरेर कानेखुसी गर्दै कोर्टरुममा डाइभोर्सु यहाँ दिइन्न, सीमान्तका त लोग्ने-स्वास्नीबीच बाटामा लछारपछार गर्छन्। सेन्सरशीपु सोफामा बस्नेहरूका लागि हो, सीमान्तबीच डगरमा आएर अनेकानेक जुहारी खेल्दै झगडा गर्छन्। हो म त्यही सीमान्तको प्रतिनिधि पात्र हूँ। प्रतिनिधि पात्र व्यक्तिगत विद्वतामा रमाउन सक्दैन, ऊ त आफ्नो समूहको बोली हो, र त्यही भएर मेरो लेखाइमा मूभी फिलिम बन्न पुग्छ । प्लेन पिलिन बन्न पुग्छ । नित्से र सार्त्रको स्थान कबीरले खोसिदिन्छ । १४० अक्षर होइन, १४० राउन्ड बन्न पुग्छ। सीमान्तको सन्देश संवाहित गर्न। महलको मालिकलाई आफ्नो चिच्याहट सुनाउन। र औपनिवेश चपेटमा, सीमान्त निसासिँदासम्म नेपाली मीडिया र संरचनाले सीमान्तको मुख थुनेसम्म १४० अक्षरहरू १४० राउन्ड बनिरहनेछन्।
ck_raut_lettter_page_1

सीमान्तहरू जब खाली खुट्टा हिँड्छन्, दरवारको संगमरमरी फ्लोरमा पनि रगतका टाटा लाग्छन्, फेसबुकवालको के कुरारु तिमी आक्रोशित शब्दका कुरा गर्छ्यौ, तिमी सभ्यताका कुरा गर्छ्यौरु आक्रान्तित अतीतले आक्रोशित अभिव्यक्ति नै जन्माउँछ। घाँटी निमोठेर दुई सय वर्ष पानीमा निसासिएका सीमान्त कथंकदाचित् टाउको निकाल्न सफलै भएपछि के निस्किएला र मुखबाट रु त्यही भएर तिमी औपचारिकता नखोज सीमान्तमा, कानेखुसी न खोज। दुई सय वर्षदेखि बल्झिरहेको घाउबाट कुन अमृतधाराको अपेक्षा गर्छ्यौरु औपनिवेशिक इतिहासले कोपरेका न भर्ने घाउहरू निको हुन त्यो बहनै पर्छ।
जुन शब्द आफ्नो ट्वीटमा एक पटक प्रयोग गर्न सकिन । त्यो तिमीले आफ्नो प्रतिक्रियात्मक लेखमा १८ पटक प्रयोग गरिछ्यौ (गरुन) । एउटा अनउच्चरितले नेपालै उचाल्यो, तर तिम्रो १८ ले हामीलाई किन फरक पारेन रु सोच्यौ रु दुई सय वर्षदेखि कोर्रा खाँदै अभ्यस्त पिठ्युँले के कोल्टो फेर्ला र तिम्रो १८ शब्द सुनेर रु त्यस्तै असन्तुलन सामाजिक संजाल होस् कि संवादमा देख्न सकिन्छ, न पत्याए सीमान्त र शासकका शब्दहरूलाई तराजुमा राखेर हेर। तैपनि सीमान्तले सहेकै छ, आह समेत न गरी।
चित्त नदुखाऊ बैुनी तिमी, सतीत्व गुमाउनु भन्दा सीमान्त हुनु सयौं आयाममा भयावह हुन्छ, तिरस्कृत हुन्छ। चेली देह रहे सम्म बलात्कारित हुने हो, सीमान्त उपनिवेश रहेसम्म जूनी(जूनी बलात्कारित हुन्छन्। सीमान्तको दासताको दास्तान दुर्गम कोठीभन्दा दर्दनाक छ। त्यहाँ त क्षणभंगुर देह मात्रै बिक्रीमा होला, हाम्रो  पूरै दास्तान-इतिहास, भूगोल, संस्कृति र सम्मान सबै बलात्कारित हुन्छन्, परतंत्र हुन्छन्, शासितको त मनमस्तिष्क समेत बेचिएको हुन्छ। त्यही भएर न  कोठीबाट उम्किन सजिलो छ, भौतिक रूपले उम्के पुग्छ, तर दासता र औपनिवेशिकताको जंजीर बाट हैन। मुम्बईको कोठीबाट उद्धार गरेपछि माइत  नेपाल हुन्छ, तर सीमान्त दासको माइत वा ससुराली केही हुँदैन, यही भूलोकमा जन्मेर पनि ऊ अनागरिक हुन्छ, अनालम्ब हुन्छ, सर्वहीन सर्वत्यज्य हुन्छ,  कतै पाइला टेक्ने ठाउँ हुँदैन, किनकि उसको राष्ट्र हुँदैन। २०० वर्ष निसासिनुको पीडा थाहा पाउन, २०० मिनेट कुनै पानी ट्यांकीमा निसासिएर त हेर।
कुनै एक दिन, बस एक दिन सीमान्त भएर त हेर। (ratopati)
तिमीलाई धेरै नै माया गर्ने,
आफ्नो राष्ट्र, अस्तित्व र अस्मिता खोसिएको तिम्रो दाई,
सी. के. राउत






प्रतिक्रिया दिनुहोस्...