प्राधिकरणमा लागेको आगो नियन्त्रणमा (फोटो फिचर)


IMG_6933मिडिया एनपी, काठमाडौं, २१ जेठ । बिहीबार अपरान्ह काठमाडौंको रत्नपार्कस्थित विद्युत प्राधिकरणको वितरण केन्द्रको गोदाममा लागेको आगो करिब डेढ घण्टामा नियन्त्रणमा आएको छ । भूकम्पले क्षति पुर्याएको भवनको वेल्डिङ गर्दा अपरान्ह साढे ३ बजे देखि सुरु भएको आगलागी सुरक्षाकर्मीसहित ७ वटा बारुण यन्त्रले करिब डेढ घण्टापछि नियन्त्रणमा आएको हो । आगोले गोदाममा रहेका महत्वपूर्ण सामान र केही कागजपत्र जलेर नष्ट भएका छन् । क्षतिको पूर्ण विवरण भने आइसकेको छैन ।





प्रतिक्रिया दिनुहोस्...