'भूकम्प पीडितको राहत दुरुपयोग हुन दिन्‍न'


फोटो :फाइल फोटो
दुरुपयोग गर्नेलार्इ कडा कारबाही
काठमाडौँ : प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितका लागि प्राप्त सहयोग रकमको सदुपयोग हुने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भूकम्पपीडितलार्इ विभिन्न संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिएको राहत सहयोग रकम ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले सुशासन,पारदर्शिता, जवाफदेहिता, भ्रष्ट्राचारविरुद्ध शून्य सहनशिलता र मितव्ययितालाई उच्च प्राथमिकता दिएको दाबीग गरे । उनले राहतमा अनियमितता गर्ने जोसुकैलाई कारबाही हुने उल्लेख गर्ने बताए ।

कोषमा आज साउथ एसियन रिजनल ट्रेड युनियन काउन्सिलका अध्यक्ष लक्ष्मण बस्नेतले १० लाख १६ हजार ४५२ बराबरको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरे ।

सो अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहालका साथै संयुक्त ट्रेड युनियनका पदाधिकारीको पनि उपस्थिति थियो ।

आजै हल्यान्डको रिचआउट टू नामक संस्थाका तर्फबाट अध्यक्ष लिसवेथ नाइजेलकर्कीले पनि रु पाँच लाख प्रदान गरे ।
यस्तै करुणा फाउन्डेसनले पाँच लाख र विकेन्द्रीकरण सहयोग समाजका तर्फबाट ५१ हजार भूकम्प पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको थियो । रासस






प्रतिक्रिया दिनुहोस्...