साउदी अरबको सिमानामा भिडन्त/ साउदी सैनिकसहित दर्जनौ मारिए


एजेन्सी : साउदी अरब र यमनको सिमानामा शुक्रबार भएको भिडन्तमा चारजना साउदी सैनिकसहित दर्जनौ बिद्रोही मारिएका छन् ।

साउदी अरबले अगुवार्इ गरिरहेको विज्ञप्तीमा यमनका पूर्वराष्ट्रपतिका समर्थक फौजले हुती विद्रोहीसँग मिलेर शुक्रबार साउदी अरबको सैन्य क्याम्पमा धावा बोलेका थिए ।

विज्ञप्तीमा जनाइएअनुसार विद्रोहीले साउदी सिमाभित्र छिर्ने कोशिस गरेपछि रोक्ने क्रममा सो भिडन्त भएको हो  ।  यसैबीच यमनको हूती विद्रोही जेनेभामा हुने शान्ति वार्तामा सहभागी हुने भएको छ ।


संयुक्त राष्ट्र संघको मध्यस्थतामा जुन १४ मा हुने यस वार्ताको उद्धेश्य लामो समयदेखि चलिरहेको लडार्इंलार्इ अन्त्य गर्नु रहेको छ । १० हप्तायता भएको भिडन्तमा करिब २ हजार मानिसको ज्यान गइसकेको छ ।

हूती विद्रोहीको राजनीतिक शाखाका एक वरिष्ठ सदस्य द्याफल्लाह अल समीले भने, 'हामीले जेनेभा वार्तामा सहभागी हुन संयुक्त राष्ट्रको निमन्त्रणा सशर्त स्वीकार गरेका छौं ।'

रियादबाट सञ्चालन भइरहेको यमनको सरकारले पनि यो बैठकमा सहभागी हुने सहमति जनाइसकेको छ ।

यमनका निर्वासित राष्ट्रपति अब्द रब्बु मन्सुर हादीको समर्थनमा साउदी अरबको अगुवाईमा रहेको गठबन्धनले पछिल्लो १० हप्तायता विद्रोहीको इलाकामा बमबारी गरिरहेको छ ।

हूती विद्रोहीले पछिल्लो साल सेप्टेम्बरमा राजधानी सनामा कब्जा गरेको थियो । त्यसपछि देशको अधिकांश भागमा हुतीले कब्जा जमाएको छ ।





प्रतिक्रिया दिनुहोस्...